बैतडी : जिल्ला समुन्वय समिति बैतडीले चालु आर्थिक बर्षको जिल्ला स्तरिय बार्षिक समिक्षा सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०८२।०८३ मा सम्पादन भएका योजना कार्यक्रम एवं सेवा प्रवाह सम्बन्धि जिल्ला स्तरिय बार्षिक समिक्षा बैतडी सदरमुकाममा एक कार्यक्रमका विच सम्पन्न गरेको छ ।
जिल्ला स्थित संघ, प्रदेसका कार्यालय र स्थानीयतहले आफ्ना कार्यालय मार्फत बर्षभरि गरेका भौतिक र वित्तिय प्रगती विवरण प्रस्तुत गरेका थिए । उनिहरुले प्रस्तुत गरेको विवरण माथि सरोकारवालाहरुले समिक्षा गरेको थियो ।
स्थानीयतहबाट संचालन हुने उपभोक्ता समिति मार्फत निर्माणहुने योजना पनि समयमै सम्झौता भए पनि उपभोक्ता समितिले निर्माणको काम जेठबाट सुरु गर्ने हुँदा काममा सोचेअनुसारको गुणस्तर नआउने गरेको र अन्तिममा भुक्तानीमा समस्या आउने गरेको स्थानीयतहका प्रमुख प्रशासकिय अधिकृतहरुले बताए ।
विकास निर्माणका काम देखि लिएर समग्र कार्यालयको सुसासन कायम गर्न सबैले आआफ्नो ठाउँबाट जिम्मेवार हुनुपर्ने सरोकारवालाहरुले बताए । समिक्षामा मेलौली, दसरथचन्द, पाटन नगरपालिका र सिगास गाउँपालिका मात्र सहभागी भएका थिए भने अन्य स्थानीयत तहले सहभागीता जनाएका थिएनन् । संघ र प्रदेसका कार्यालयको भने सबैको उपस्थिती रहेको थियो ।
भएका प्रगती विवरण सार्वजनिक गर्ने र समस्यालाई उजागर गरी अगामी दिनमा समाधान गर्न केकस्तो पहल गर्न सकिन्छ भनी समिक्षाको आयोजना गरिएको जिल्ला समुन्वय समिति सदस्य प्रेम भाटले बताउनु भयो । यो समिक्षामा उपस्थित नहुनु भनेको जनता प्रति कतिको उत्तरदायी छन भन्ने कुराको पनि चित्रण हुने गरेको उनले बताए ।











