पहिरोको जोखिममा जुलाघाट नाका

बैतडी- नेपाल–भारत सिमानाका बैतडीकाे जुलाघाट बजार र स्थानीय वस्ती पहिरोको जोखिममा परेको छ । महाकाली नदि किनाराको बजार माथिबाट आएको पहिरोले उक्त क्षेत्र जोखिममा परेको हो । महाकाली नदि किनारमा रहेको जुलाघाट माथीको डाँडाबाट पहिरो खस्ने क्रम नरोकिएपछि बजार र वस्ती जोखिममा परेको हो । पहिरोले वस्ती जोखिममा परेपछि जिल्ला विपद व्यव्स्थापन समितिले प्राविधिक सहित स्थलगत निरिक्षण समेत प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताउनुभयो ।

बलौटे माटो रहेको महाकाली माथीको डाँडाले महाकाली नदि थुनिने जोखिम समेत रहेको स्थानीयहरुको भनाई छ । दैनिक सयौँको संख्यामा आवातजावत समेत भइरहने उक्त क्षेत्रमा ढुंगा खस्ने र पहिरोका कारण सडक अनियमित समेत हुने गरेको छ । डाँडाको टुप्पोबाटै पहिरो खसिरहेकाले विज्ञ टोलिद्वारा यस्को वितृत अध्यन गरेर विज्ञको प्रतिवेदनका आधारमा मात्रै समस्या समाधान गर्न सकिने डिभिजन सडक कार्यालय, पाटनका इन्जिनियर बसन्त लेखकको भनाई छ ।

जुलाघाट पुर्वपश्चिम लोकमार्गमा अन्तिम बिन्दु हो ।

प्रतिक्रिया छाेड्नुहाेस्