बैतडी- देशका सय पर्यटकीय गन्तव्य मध्येको एक बैतडीस्थित त्रिपुरासुन्दरी मन्दिरमा लागेको भव्य मेला सम्पन्न भएपछि नेपाली सेनाले मन्दिर सरसफाई गरेको छ । दुई दिन लागेको मेलामा जम्मा जम्मा भएको फोहर बैतडीस्थित श्रीबक्स गुल्मले व्यवस्थापन गरेको हो ।

मेलाका क्रममा हुने अध्याधिक भीड र पशुबलिले मन्दिरमा फोहर जम्मा हुने गर्दछ । सेनाले मन्दिर व्यवस्थापनसंगको समुन्वयमा सरसफाई गरेको हो । नेपाली सेनाले विभिन्न मठमन्दिरहरुमा लाग्ने भव्य मेला व्यवस्थापन र सरसफाई लगायतका कामहरु गर्दै आइरहेको छ ।

सरसफाई संगै सेनाले जिल्लामा हुने विभिन्न सार्वजनिक काममा समेत सहयोग गर्दै आइरहेको छ ।











