जालन्धरमा नेपाली साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ अन्तर्राष्ट्रिय कला अवार्डद्वारा सम्मानित

बैतडी- जालन्धर, भारत। नेपाली साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ भारतको जालन्धरमा सम्मानित भएका छन्। पञ्जाब कला साहित्य अकादमी (पंकस) द्वारा आयोजित सम्मान कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो। विभिन्न साहित्यिक संघसंस्थासँग आबद्ध रहेर नेपाली भाषा, साहित्य तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएका पन्तका विभिन्न साहित्यिक विधाका पाँच पुस्तक प्रकाशित छन् ।

पाल र भारतबीचको साहित्यिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्ध सुधार र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै उनलाई अन्तर्राष्ट्रिय कला अवार्डद्वारा सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्