कैलालीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

कैलाली– कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर–८ स्थीत खुटीया नदीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको पुष्टि भएको हो । उनी गोदावरी नगरपालिका वडा नम्बर–९ बल्मीका ५५ वर्षीय श्याम दमाई रहेको बताईएको छ ।

मानसिक बिरामीसमेत रहेका उनी हिजोदेखि सम्पर्क विहीन रहेका थिए । दमाईको मृत्यु भईसकेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालले बताउनुभयो ।

मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। खुटीया पुल मुनि आज बिहान पुरुषलाई अर्धचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय मालाखेतीले घटना सम्बन्धी थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्