चिसापानीमा नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए ।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुरको सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लभ शाहीले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्