असारको महिना २५ गते सोमबार, हुस्सो लागेर झिसमिसे देखिएपनि बिहानको एघार बजिसकेको थियो। हुस्सु मिसिएका पानिका साना थोपा सीतजस्तै वर्षिरहेका थिए । वरपर हुस्सोले प्रष्ट देखिएको थिएन् । बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिकाको सुल्लेखानमा पवनदूत यातायातको बस यात्रुको प्रतिक्षामा थियो । बसको झ्यालबाट कसैले फ्रुटि कसैले खाजा लिइरहेका थिए । अनुहारमा एक किसिमको उत्साह देखिन्थ्यो । बसभित्र बाट हात हल्लाउँदै एकजना सहपाठीले सम्झना व्यक्त गरे । आज कता नि ? मैले प्रश्न गरे, उनले जवाफ दिए, बैतडी सम्म, तल्लोस्वराड बैतडी जिल्लामै पर्ने भएकाले सदरमुकाम बाहीरका व्यक्तिले सदरमुकाम जादा बैतडी जान्छुनै भन्ने गर्दटन् बोलिचालिको भाषामा । म शुभ यात्रा भन्दै अघि सरे । अलि पर सरेर देखे बसको क्याबिनबाट चालक ले हात हल्लाउँदै सम्झना व्यक्त गरिरहेका थिए ।
केहि समयपछि करिब एक बजेतिर त्यहि बस दुर्घटनाग्रस्त भइ त्यसमा सवार चालिस जना घाइते भएको दुखद खबर सुनियो। एकजनाको मृत्युपनि । बसका ड्राइभर बैतडी महेन्द्रनगर रुटमा लामो समय गाडी चलाएको अनुभव छ, उहाँ स्वयं घाइते हुनुहुन्छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना। यस्तो कहिल्यै नहोस् । एक गरिब घरपरिवारका इमानदार, व्यावहारिक एवं मिलनसार युवा व्यवसायी भरत साउँद आफ्नो आर्थिक स्थितिलाई चिर्दै जसोतसो मेहनत गरेर महेन्द्रनगर देखि मेलौली, शिवनाथ,पन्चेश्वरसम्म यात्रुको सहजताका लागि केहि वर्षदेखि सेवा दिँदै आएका थिए तर विपत आइलाग्दा उनको मुटु समेत भक्कानिएको छ, सबैलाई दुर्गमा सवारीको व्यवसाय गर्न त्यति सजिलो छैन् तर पनि साउदले यो कुरा आटेर बस व्यवसाय सुरु गरे, रामै्र चलिरहेको पनि थियो व्यवसाय उनको व्यवारले ।
आखिर किन हुन्छ सडक दुर्घटना ?
सडक दुर्घटना यहि नै कारणले हुन्छ भनेर यकिनसाथ भन्न सकिदैन, त्यो त तत्कालीन अवस्थाको परिवेशसँग प्रत्यक्ष जोडिएको विषय समेत हो । तैपनि निम्न कारणहरु प्रायः सडक दुर्घटनाका निम्ति जिम्मेवार हुन सक्दछन् ।
१. यान्त्रिक गडबडी, इन्जिनमा समस्या,ब्रेक फेल
२. चिप्लो सडक बाटो, साँघुरो सडक , खाल्डाखुल्डी भएको सडक
३. सडकमा छाडा छोडिएका गाइवस्तु
४. सडकमा बच्चा खेलिरहनु
५. विपरीत दिशाबाट आउँदै गरेको गाडीलाइ बचाउन खोज्दा सडकको कमजोर ठाउँमा पाङ्ग्रा धस्दै जानु
६. पहिरो खस्नु ,बाढिमा फस्नु,डेब्रिस फ्लो मा फस्नु
७. मादक पदार्थ सेवन गरेर गाडी चलाउनु
८. खलासी ले समेत सिक्ने बहानामा गाडी चलाउनु
९. गाडिको नियमित चेकजाँच नगरिनु
१०. गाडी चल्दै गर्दा मोबाइल फोन, म्युजिक प्ले को प्रयोग गरिनु
११. ड्राइभर सँग तनाव हुनु
१२. ड्राइभरको सिट नजिकै यात्रु लाइ सुत्न दिनु
१३. गाडीको क्षमताभन्दा बढी यात्रु बोक्ने गर्नु
१४. रात्री सेवामा लामो रुटमा दुइ ड्राइभर नहुनु
१५. ट्राफिक नियमको पालन कमजोर रहनु
१६. ड्राइभर सँग मजाक गर्ने,ध्यान भङ्ग गर्ने यात्रु हुनु
१७. सवारी चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था कडाइ नहुनु
१८. समय समयमा ड्राइभरलाई पुनर्ताजगी,जिवनोपयोगी सिप एवं तालिम प्रदान नहुनु
१९. रुट परमिटमा लापरवाही
२०. अत्यधिक स्पिडमा गाडी चलाइनु आदि
जे जस्तो सुकै कारणले दुर्घटना भए पनि दुर्घटना दुखद हुन्छ, हृदयविदारक हुन्छ । कैयौ घरपरिवारमा यसले पिडा थप्दछ । कोही जिवनभर अपाङ्ग बन्दछन् भने कसैले पिडामा पिडा देख्दछन् । केहि गरु भनेर उद्यम गर्न लागेका युवा व्यवसायीको सपनामा समेत तुसारापात गर्दछ । त्यसैले दुर्घटनाको च्ययत अबगकभ पत्ता लगाइ राज्य, सरकारदेखि यात्रुसम्म हामी सबैले जिम्मेवार बन्नुपर्ने देखिन्छ । यस्ता घटना अब दोहोरिन नदिन स्थानीय सरकारले प्रयत्न गर्नुपर्ने देखिन्छ ।
मृतकप्रती हार्दिक श्रद्धाञ्जली ! घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना !
पेशाले शिक्षक रहेका लेखक कलौनी सामाजिक विषयमा कलम चाउछन् ।