काठमाण्डौ – सत्ता गठबन्धनका पाँच दलबीच आज (मङ्गलवार) सात बुँदे सहमति भएको छ । यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो ।
सत्ता गठबन्धनको सहमति पत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गर्नुभएको छ । पाँच दलबीच भएको आजको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।
यसअघि चार दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर आजको नयाँ सहमति पत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।
प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ गर्ने, अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र यससँग सम्बन्धित अरू विषयलाई सहमतिका आधारमा छिटै टुङ्याउने, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, वर्तमान आर्थिक समस्यालाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने सहमति भएको हो ।
गएको फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच निरन्तर छलफल हुँदै आएको छ । यसैअनुसार आज बिहान पनि उहाँहरूबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

Post List #1
१८ बैशाख, बैतडी- शासकीय सुधारका लागि सरकारले जारी गरेका एक सय कार्यसूचिमा उल्लेखित हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सर्भिसका रुपमा विकास गर्ने विषय उल्लेख…
बैतडी– बैतडीमा संचालित यु–१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विरेन्द्र मावि शाहीलेकले जितेकाे छ । शनिबार भएको फाइनल खेलमा कालाशैनी मावि बुड्डालाई ७२ रनले पराजित गर्र्दै…
४ बैशाख, बैतडी- बैतडीको सुर्नया गाउँपालिका– ८ ढोल्यामोडमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–८ का…
१ बैशाख, बैतडी- आज बैशाख १ गते नयाँ वर्ष अर्थात बिशु पर्वले सुदूरपश्चिम प्रदेश, कर्णाली लगायत भारतको उत्तराखण्डमा छुट्टै रौनक छाएको छ । नयाँ वर्षको…
बैतडी- सम्झौताअनुसार काम नगर्ने तथा निर्माणमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय बैतडीले १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । कार्यालयले शुक्रबार…
Post List #2
हुलाक कार्यालयले सेवाग्राहीकाे घरमै राहादानी पुर्याउने
१८ बैशाख, बैतडी- शासकीय सुधारका लागि सरकारले जारी गरेका एक सय कार्यसूचिमा उल्लेखित हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सर्भिसका रुपमा विकास गर्ने विषय उल्लेख भएपछि जिल्ला हुलाक कार्यालय, बैतडीले नागरिकको राहादानी घरमै पुगाउने सेवा सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयसंग सम्झौता गरी हुलाक कार्यालयले राहादानी सेवालाई घरमै पुगाउने सेवा सुरु गरेको हो । उक्त सेवा बुधबारदेखि लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट मासिक रूपमा तीन सयभन्दा बढी सेवाग्राहीले…
यु–१६ विद्यालयस्तरीय क्रिकेटको उपाधि विरेन्द्र माविलाइ
बैतडी– बैतडीमा संचालित यु–१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विरेन्द्र मावि शाहीलेकले जितेकाे छ । शनिबार भएको फाइनल खेलमा कालाशैनी मावि बुड्डालाई ७२ रनले पराजित गर्र्दै विरेन्द्र माविले उपाधि जितेको हो । १९० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको कालाशैनी १६.१ ओभरमा…
बैतडी: दुई मोटरसाइकल एक-आपसमा ठोक्किदा एकको मृत्यु, चार घाइते
४ बैशाख, बैतडी- बैतडीको सुर्नया गाउँपालिका– ८ ढोल्यामोडमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी…
सुदूरमा बिसुको रौनक, सिस्नो लगाएर मनाइदै बिसु
१ बैशाख, बैतडी- आज बैशाख १ गते नयाँ वर्ष अर्थात बिशु पर्वले सुदूरपश्चिम प्रदेश, कर्णाली लगायत भारतको उत्तराखण्डमा छुट्टै रौनक छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई यस क्षेत्रमा बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व मनाउन यहाँका गाउँबस्तीमा…
Post List #3
हुलाक कार्यालयले सेवाग्राहीकाे घरमै राहादानी पुर्याउने
१८ बैशाख, बैतडी- शासकीय सुधारका लागि सरकारले जारी गरेका एक सय कार्यसूचिमा उल्लेखित हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सर्भिसका रुपमा विकास गर्ने विषय उल्लेख भएपछि जिल्ला हुलाक कार्यालय, बैतडीले नागरिकको राहादानी घरमै पुगाउने सेवा सुरु गरेको छ । जिल्ला…