धनगढी– कैलालीको धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन् ।
बुधवार साँझ प्रहरी जवान सुरज बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिक धनगढी उपमहानगरपालिका–७ को जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् । उनी बझाङमा कार्यरत थिए ।
बिक घरायसी कामको लागि बिदामा धनगढी आएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।