बैतडी– बैतडीको मेलौली नगरपालिका वडा नम्बर ४ मा कुमारी बैंकको शाखारहित सेवा सञ्चालन आएको छ ।
कुमारी बैंक लिमिटेडले मेलौली शाखा अन्तर्गत मेलौली–४ मा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
आज एक कार्यक्रमका विच शाखा रहित बैंकिङ्ग सेवा केन्द्रको उद्घाटन गरिएको मेलौली शाखा प्रबन्धक नरेन्द्र साँउदले बताउनुभयो ।
शाखा रहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामीण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने साँउदले बताउनुभयो ।









