बैतडी : पञ्चेश्वर गाउपलिकामा रहेका विद्यालयको कक्षा ८ को नतिजा सार्वजनिक गरिएको छ । गाउपालिकाभरि कक्षा ८ को परिक्षामा सहभागी १७ विद्यालय मध्ये पाचँ विद्यालयको नतिजा शून्य आएको छ ।
बाकी विद्यालयको पनि सन्तोषजनक नतिजा आएको छैन् । सबै भन्दा बढि उत्तीर्णहुने विद्यार्थी संख्या पाचँ रहेको छ । सबै भन्दा बढी उतीर्णहुने विद्यार्थी देवथला मावि र रायपुर आविमा पाचँपाचँ जना रहेका छन् । शून्य विद्यार्थी उत्तीर्ण हुनेमा चतुर्वाहु आ.वि, सोमेश्वर मावि, केदार आवि, कल्याणपुर आवि र कैलापाल आवि रहेका छन् ।
सबै भन्दा बढी ५९ जना विद्यार्थी रहेको डुङरीखान माविमा एक जना विद्यार्थी मात्र उतिर्ण भएको छभने १२ जना ग्रेड वृद्धिको लागि योग्य देखिएका छन् । यस्तै दोस्रो बढि ५२ विद्यार्थी भएको कुलाउँमा दुई जना मात्र उत्तीर्ण भएका र चार जना ग्रेड वृद्धिको लागी योग्य देखिएका छन् ।
तेस्रोमा बढि ३५ जना विद्यार्थी भएको देवथाला माविमा गाउँपालिकाभरिकै सबै भन्दा बढि पाचँ जना विद्यार्थी उत्तीर्ण भएका र सात जना विद्यार्थी ग्रेड वृद्धिको लागी योग्य देखिएका छन् भने चौथो बढि ३२ जना विद्यार्थी भएको सोमेश्वर मावि मा शून्य विद्यार्थी उतीर्ण भएका र छ जना ग्रेड वृद्धिका लागी योग्य देखिएका छन् ।
यस्तै रायपुर आविमा १० जना विद्यार्थीमा पाचँ जना उतीर्ण भएका र तिन जना ग्रेड वृद्धिका लागि योग्य देखिएका छन् । गाउँपालिकाभरिमा प्रतिशतको हिसावले सबै भन्दा बढि उत्तीर्ण हुने विद्यार्थी रायपुर आविमा रहेका छन् । गाउँपालिकास्तरिय कक्षा ८ को परिक्षामा ३९० जना विद्यार्थी सहभागी मध्ये २९ जना विद्यार्थीमात्र उत्तीर्ण भएका पञ्चेश्वर गाउँपालिका शिक्षा शाखाले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
नतीजा शुन्य आउनु र कम नतिजा आउनुमा विभिन्न कारण रहेको र अगामी दिनमा यस्को समिक्षा गरि अगाढी बढिने पञ्चेश्वर शिक्षा शाखा प्रमुख माहामल सिह घटालले बताउनु भयो ।
नतिजा कम्जोर आउनुमा विद्यार्थीको तलदेखिको वेस कम्जोर र विभिन्न विद्यालयमा विषयगत शिक्षकको अभाव र शिक्षा शाखाको समयसमयमा विद्यालय अनुगमन नहुनु र अभिभावको पढाईप्रर्तीको चासो नहुनु जस्ता कारण रहेको र अगामीदिनमा सबैपक्षले यि कारणमा सुधार गरे अपेक्षा अनुसारको नतीजा आउने शिक्षा क्षेत्रका विज्ञ चन्द्रमोहन तिवारीले बताउनु भयो ।













