बैतडी- जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीले एघार हजार पाँच सय बराबरको बेबारिसे भन्सारछली सामान बरामद गरेको छ ।
दशरथचन्द नगरपालिका ८ गोरचौड स्थित त्रिपुरा सेरा सडक किनारामा भारतबाट भन्सारछली गरि ल्याएका सात पेटी सलाई ३० वन्डल विडी बेबारीसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।