लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड बैतडी शाखाले ९ लाख ४६ हजार रुपयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । यस्तै २ लाख ७० हजार बराबरको विमा शुल्क पनि मिनाहा गरेको छ ।
एलआइसी नेपालले दसरथचन्द नगरपालिका ४ का विक्रम सिह वोहराको मृत्युदाबी भुक्तानी गरेको हो । मृतक बोहराकी आमा कमला बोहरालाई दावी वापतको ९ लाख ४६ हजार रुपैया मृत्यु दावी भुक्तानीको चेक बैतडी शाखाका प्रमुख उमेश ओझा र एजेन्सी म्यानेजर राजेश प्रसाद लेखकले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । यस्तै २ लाख ७० हजार बराबरको शुल्क मिनाहा लाभको पत्र पनि हस्तान्तरण गरिएको छ ।
मृतकले २०७४ असोज ३० गते एलआईसी नेपालको बैतडी शाखा बाट ४ लाखको साबधिक १५ वर्षे जीवन बीमालेख र २०७९ साउन ३ गते छोराको लागि ३ लाखको २० वर्षे बाल सावधिक जीवन बिमालेख खरिद गरेका थिए । गतवर्षको असोज २७ गते दुर्घटनामा बिमित बोहराको मृत्यु भएको थियो ।