दसरथचन्द नगरपालिकाले जडान गरेका सिसी क्यामेरा सात महिनामै बिग्रिए

बैतडी : दसरथचन्द नगरपालिकाले नगरपालिकाभित्रका सबै बजारहरुमा सीसी क्यामेरा जडान गरेको थियो । बजारमा जडान गरिएका सीसी क्यामेरा सात महिनामै बिग्रिएका छन् ।

नगरपालिकाभित्रका देहिमाण्डौ, शाहिलेक, गोठलापानी, गढी, त्रिपुरा र झुलाघाट बजार क्षेत्रमा १९ सीसी क्यामेरा जडान गरेको थियो । जसमध्ये जडान गरेका सात सीसी क्यामेरा विग्रीएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विग्रेका यि क्यामरा अहिले सम्म मर्मत गर्न सेकेको छ्रैन् । जिल्ला प्रहरी कार्यालय बैतडीले क्यामेरा विग्रेको नगरपालिकालाई जानकारी दिइ सकेको जनाएको छ । यता नगरपालिकाका सुचना अधिकारी राजु विष्टले सिसी क्यामेराको जिम्मा जिल्ला प्रहरी कार्यालयलाई दिएको र क्यामेरा विग्रेको जानकारी नगरपालिकामा प्रहरीले नगराएको बताउनु भयो । बजारक्षेत्रको शान्तीसुरक्षा लाई मध्येनजर गर्दै गत वर्षको बैशाखमा नगरपालिकाले सीसी क्यामेरा खरिद गरेर जडान गरेको थियो ।

गढी बजार क्षेत्रमा ४ क्यामेरा मध्ये एक क्यामेरा विग्रेको, शाहिलेक बजार क्षेत्रमा ३ क्यामेरा जडान गरेको र सबै क्यामेरा विग्रीसकेका छन् । यस्तै देहिमाण्डौमा ३ क्यामेरा जडान गरिएको मा तिनवटै विग्रीएका छन्, त्रिपुरा बजारमा एक झुलाघाट बजारमा तिन र गोठलापानी बजारमा जडान गरिएका ५ क्यामेरामात्र अहिले संचालनमा रहेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्