पञ्चेश्वर गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ जमा गर्ने

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकहरुको लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि गाउँपालिकाकातर्फबाट ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।

विपद्को कठीन घडीमा एक आपसमा सहयोग र समन्वयका साथ अघि बढ्न आग्रह गर्दै गाउँपालिकाकातर्फबाट उक्त रकम जमा गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन ।

प्रतिक्रिया छाेड्नुहाेस्