बैतडी : नेपाल लोकतान्त्रिक खेलकुद संघको बैतडी जिल्ला अध्यक्षको जिम्मेवारी पुस्कर धानुकलाई दिइएको छ । यसअगाडी नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद कलौनी थिए । अध्यक्ष कलौनीको कार्यकाल सकिएपछि धानुकले जिम्मेवारी पाएका हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रिय कार्यसमिति संग समुन्वय गरि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले धानुक लाई जिम्मेवारी दिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले बताउनु भयो ।
धानुक फुलकन्टेक्ट करातेका राष्ट्रिय खेलाडी र राष्ट्रिय निर्णायक समेत हुन् । धानुक संग खेलकुद सम्बन्धी लामो अनुभव रहेको छ । पार्टीले आफुलाई दिएको जिम्मेवारी पूर्णरुपमा जिम्मेवारी साथ बहन गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षको जिम्मेवारी पाएका धानुकले बताउनु भयो ।