उच्च पहाडी क्षेत्रमा वाघ संक्षण कार्यक्रम

बैतडी : राष्ट्रिय प्रकृति संक्षण कोष शुक्लाफाटाले उच्च पहाडी क्षेत्रमा बाघ संक्षण कार्यक्रम संचालन गरेको छ । जस अन्तरगत पहाडी क्षेत्रका लागि ठुला मांसाहारी वन्यजन्तु संक्षण रणनीति तर्जुमाकालागि जिल्ला स्तरिय गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रम संचालन भएका पाँच वटा पहाडी जिल्लामा योजना तर्जुमा गोष्ठी सम्पन्न गरी त्यसपछि प्रदेस स्तरिय गोष्ठी गरेर सबै गोष्ठीबाट आएको कुराहरुलाई एक रणनिती तय गरिने राष्ट्रिय प्रकृति संक्षण कोष शुक्लाफाटाका प्रमुख लक्ष्मी राज जोशीले बताउनु भयो । उनले भने “यो रणनितीले भोलीका दिनमा ठुला मांसाहारी जनावरको संक्षणका लागि मार्गनिर्देस गर्ने छ” ।

राष्ट्रिय प्रकृति संक्षण कोष शुक्लाफाटाले बैतडीको चितुवा प्रभावित क्षेत्र मेलौलीमा पनि जिविकोपार्जन र सचेतनामुलक कार्यक्रम संचालनमा रहेको छ । गोष्ठीबाट वन र वन्यजन्तुको संक्षण एवम दिगो व्यवस्थापन गरिनुपर्नेमा गोष्ठीका सहभागीहरुले जोड दिएका छन् । जिल्ला समुनय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामीको अध्यक्षतामा र सरोकारवालाहरु सहितको उपस्थितिमा गोष्ठीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्