बैतडी- सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्य सहित बुधबारबाट सुरु भएको डिलाशैनी शैक्षिक सम्मेलन अन्र्तगत बिहीबार दोश्रो दिन विज्ञान तथा कला प्रदर्शनी भएको छ ।
गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरथ विद्यार्थीहरुले बनाएका प्रविधि तथा कलाहरुलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । स्थानीय श्रोत साधनबाट बनाईएका विभिन्न कलात्कम सामाग्री तथा प्रविधिहरु प्रदर्शन गरिएका हुन् ।
“समृद्ध डिलाशैनिको आधार, शिक्षामा गुणस्तर सुधार” को नारा सहित गाउँपालिकाले जिल्लामै पहिलो पटक शैक्षिक सम्मेलन आयेजना गरेको गाउँपालिकाका प्रबक्ता यज्ञराज भट्टले बताउनुभयो ।
सम्मेलनको पहिलो दिन सबै विद्यालयले शिक्षाको गुणस्तर सुधार गर्न पञ्चवर्षिय कार्ययोजना प्रस्तुत गरेका थिए भने कार्यपत्रहरु समेत प्रस्तुत गरिएका थिए । । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा उल्लेख्य उपस्थिती समेत रहेको थियो । सम्मेलनको अन्तिम दिन अर्थात जेठ १८ गते विद्यालयस्तरीय नृत्य प्रतियोगिता संचालन हुने छ । सामुदायिक विद्यालयप्रति आम अभिभावक तथा विद्यार्थीहरुको आक्रषण बढाई विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुका साथै गाउँपालिकाको शैक्षिक रणनीति तयार गर्न सम्मेलन आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताउनुभयो ।