बैतडी : सरकारले सबै स्थानीयतहमा सामुदायिक विद्यालयमा निशुल्क वितरण गर्नको लागि सेनेटरीप्याड खरिदको लागि बजेट पठाउने गर्दछ । डिलासैनी गाउँपालिका शिक्षा शाखाले पनि सोहि अधारमा सेनेटरीप्याड खरिद गरि सेटीगाउँ मावि ककरपाखा लाई दिएको थियो । शिक्षाशाखाबाट दिइएका सेनेटरीप्याड सेटीगाउँ माविले असुरक्षित तरिकाले भण्डारण गरेको पाइएको छ ।
विद्यालयले ११ काटुनजती सेनेटरीप्याड पानीको भल लाग्ने कोठामा भण्डारण गरेको पाइएको छ । पानीको भल झ्यालबाट कोठा भित्र पसेर सेनेटरीप्याड भिजेको छ । कोठाभित्र भुईमै राखिएका सेनेटरीप्याड पानीको भलको हिलोले छयापेको आवस्थामा फेला परेका छन् ।विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले सेनेटरीप्याड सुरक्षित राखीएको दाबी गरेका छन् ।
शिक्षा शाखा प्रमुख महादेव भट्टले विद्यालयमा वितरण गरिएका सेनेटरीप्याडको अनुगमन गर्ने गरेको बताएका छन् । अनुगमन गर्ने भनेको कुरा झुटा भएको सेटीगाउँ विद्यालयले भण्डारण गरेको सेनेटरीप्याड व्यवस्थापनबाट प्रष्ट बुझिन्छ । विद्यालयले भण्डारणमा चरम लापरवाही गरेको देखिन्छ ।
विद्यालयलाई बहुक्षेत्रीय पोषण कार्यक्रमबाट तिन चार वर्ष पहिले सेनेटरीप्याड राख्नकोलागि र जलाउनको लागि मेसिन समेत हस्तान्तरण गरएको थियो । त्यो मेसिन विद्यालयले अहिलेसम्म थनक्याएर राखेको छ ।
स्थानियतह शिक्षा शाखाले विद्यालयको आवश्यकता नबुझी प्रत्यक वर्ष सेनेटरीप्याड खरिदको बजेट सक्ने योजनाले खारिद गरी जवरजस्ती विद्यालयमा पठाउने गरेको पाइएको छ । जिल्लाका सबै स्थानीयतह शिक्षाशाखाहरु सेनेटरीप्याड खरिदमा विद्यालयको आवस्यकता भन्दा पनि बजेट फच्र्यौटमै केन्द्रित पाईन्छन् ।