बैतडीमा प्रसव फिस्टुला सम्वन्धि अभिमुखीकरण सम्पन्न

बैतडी : आई.एन.एफ. सुर्खेत, फिस्टुला उपचारकेन्द्र सुर्खेतले बैतडीमा प्रसव फिस्टुला सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विगत ७१ वर्षदेखी स्वास्थ्य तथा सामुदायिक विकास प्रयोजना संचालन गर्दै आएको आई.एन.एफ. सुर्खेतले आ.व २०८०।०८१ मा सुदुरपश्चिमको बैतडी र बझाङ जिल्लाका सबै स्थानियतहका समुदायमा प्रसव फिस्टुला सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

बैतडीका दशवटै स्थानियतहका ८४ वडाका सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, आमा समुह, समुदायका मानिस तथा विभिन्न समुहमा आवद्ध भएका मानिसहरुलाई फिस्टुला समवन्धी अभिमुखीकरण गरिएको आई.एन.एफ. सुर्खेतका फिस्टुला सहजकर्ता माधा भण्डारीले बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रम संचालनकै दौरानमा चालु आवमा बैतडीमा १८ जना प्रसव फिस्टुला समबन्धि विरामी भेटीएको र तिनीहरुलाई उपचारको लागि आवस्यक सहजीकरण गरिदिएको समेत सहजकर्ता भण्डारीले बताए ।

लामो समय र कठिन सुत्केरी व्यथाका कारण पिसाव थैली वा पिसाव नली वा आन्द्रामा प्वाल पर्न जानुनै प्रसव फिस्टुला हो । प्रसव फिस्टुलाको उपचार फिस्टुला उपचार केन्द्र प्रदेस अस्पताल सुर्खेतमा निशुल्क रुपमा हुनुका साथै विरामी र एक जना कुरुवाका लागि आउनेजाने यातायात खर्च र बाटोमा लागेको खाना खर्चको समेत व्यवस्था गरिन्छ ।

प्रतिक्रिया छाेड्नुहाेस्