मेलौलीमा ट्याक्टर दुर्घटना, सडकमा खेल्दै गरेका दुई बालिका घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा सडकमा खेल्दै गरेका दुई वालिका घाइते भएका छन् । आइतबार बिहान करिब साडे १० बजेतिर वडा नं ३ को कुजगाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सु प प्र ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

घाइते हुनेमा सोही ठाउँका करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिर बहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी छन् । घाइते बालिका ट्याक्टर नजिक सडक छेउमा खलिरहेका थिए । दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याइएको छ ।

काुजगाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कसाी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताउनु भयो । ट्याक्टर सडकबाट सय मिटर तल खसेकोछ ।

ट्याक्टर स्थानिय धनी भट्टको घरको छतमा परेको छ । ट्याक्टरले घरमामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । कैलाली घर भएका चालक धनीराम डगौरालाई नियन्त्रणमा लिइएको छ । र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्