बैतडी : अहिले जिल्ला प्रशासन कार्यालय बैतडीमा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहिहरु दिनैदिनै राष्ट्रिय परिचयपत्र बनाउनेको जिल्ला प्रशासन कार्यालय बैतडीमा घुईचो लाग्ने गरेको छ ।
नेपाल सरकारले पहिलो चरणमा यही श्रावण १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने गरि निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लाभित्र बैतडी प्रदैन ।
बैतडीमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नभएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताउनु भयो । “टाढाँटाढाँ बाट सामाजिक सुरक्षा भत्ताको लागिमात्र राष्ट्रिय परिचयपत्र बनाउनुको लागि दुःख गर्नु प्रदैन । यदी सरकारले बैतडीलाई पनि अनिवार्य गरेभने वडा वडामा राष्ट्रिय परिचयपत्रको टोली पनी खटिन्छ ।” प्रजिअ शर्माले भन्नुभयो ।
अहिले गाउँघरतिर सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र बनाउनु पर्छ भन्ने हल्ला फैलिएको छ । यो हल्लाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहि आत्तिएर महंगो भाडातिरेर गाडीनै बुक गरेर समेत राष्ट्रिय परिचयपत्र वनाउनको लागि जिल्ला प्रशासन कार्यालय बैतडी आउने गरेको छन् ।

टाढाँटाढाँबाट सामाजिक सुरक्षा भत्ताको लागि जिल्ला प्रशासन कार्यालय बैतडी आउँदा बुढापाखाहरुले दुख पाईरहेका छन् । समाजिक सुरक्षाभत्तामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका जिल्लाहरुमा पनि वडावडामा राष्ट्रिय परिचयपत्र बनाउने टोली खाटाउनमा सहयोग गरिदिन गृह मन्त्रालयले स्थानियतहलाई अनुरोध समेत गरेको छ ।