बैतडी- मोटरबाटो पुगसंगै जिल्लाको तल्लोस्वराड क्षेत्रमा छिटफुट अपराधिक क्रियाकलाप समेत बढ्न थालेका छन् । मादक पदार्थको सेवन, लागुऔषधको प्रयोग र ट्राफिक नियमको वेवास्ता गर्ने प्रविति हाबी हुन थालेपछि स्वराड क्षेत्रको केन्द्र मेलौलीमा खटिएका प्रहरी नायब निरिक्षक (सइ) नरेन्द्र बहादुर चन्दले यस्ता क्रियाकलाप नियन्त्रणमा कडाइ गरेका छन् ।
पछिल्लो समय सइ चन्दको निशानामा तिब्र गतीमा, हेल्मेट र लाइसेन्स बिना सवारी चलाउने व्यक्ति, लागुपदार्थ दुर्वेसनमा लागेका व्यक्ति र चुल्ठे, मुन्द्रेको ढोङ रच्दै स्थानीयमा त्रास फैलाउने व्यक्ति पर्न थालेका छन् । ‘चन सइसाप आएपछि यहाँका चुल्ठे, मुन्द्रे तथा गाँजा, चरस तान्ने व्यक्तिहरु साइड हुन थालेका छन् ।’ स्थानीय पदम दयालले भन्नुभयो, ‘अहिले मेलौली क्षेत्रमा दादागीरी गर्ने तथा त्रास फैलाउनेहरु कम हुन थालेका छन् ।’
स्वराड क्षेत्रका तीन स्थानीयतहको मुख्य व्यापारिक केन्द्र रहेको मेलौली बजारमा पछिल्लो समय लागुपदार्थ दुव्र्यसनी र मदिरा सेवन गरेर हो–हल्ला गर्नेहरुको संख्या समेत कम भएको छ । प्रतिष्ठित मानिएका व्यक्ति र सर्वसाधारण सबैलाई समान व्यवहार गर्ने गरेका कारण पनि चन्दको काम प्रभावकारी भएको स्थानीय जनक भट्टको भनाई छ ।
ईलाका प्रहरी कार्यालय तल्लादेहीका प्रमुख सइ नरेन्द्र वहादुर चन्दले विभिन्न विद्यालयहरुमा गएर लागुऔषध दुर्वेशनी, लैङ्गीक हिंसा न्यूनिकरण तथा अपराधिक क्रियाकलाप नियन्त्रणका बारेमा समेत कक्षा दिने गरेका छन् । चन्दकै सक्रियताले ट्राफिक नियमको उलंघन गर्ने व्यक्तिहरुको संख्यामा समेत कमी आएको स्थानीयको भनाई छ । जसले मेलौली बजारमा कोठाभाडामा बस्नेदेखि स्थानीयलाई समेत सजिलो भएको छ ।
सात महिना अघि ईलका प्रहरी कार्यालय तल्लोदेहीको कमान्ड समोलेको उनी कार्यालय समय भन्दा अघि वा पछि बजारक्षेत्रमा गएर मदिरा व्यवसायी र मेडिकल व्यवसायी संग शान्ती सुरक्षाको विषयमा छलफल गर्ने गर्दछन् ।
अहिले लागुपदार्थ दुव्र्यसनी र कुलतमा संलग्न र सधै मदिरा सेवन गर्नेहरुको लिस्ट तयार पारेर उनिहरुलाई सम्झाउने तथा निगरानीमा राख्ने काम गरिएको प्रहरी नायब निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो । पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका सबै मध्यमिक विद्यालयमा यस्ता सचेतना कक्षामार्फत विद्यार्थीहरुलाई जानकारी गराईएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘कानूनले नगर भनेका कुरा गर्नु भएन, समाजमा त्रास फैलाउने तथा विध्वसं गर्ने कुनै किसमका काम गर्नु भएन भन्ने हो ।’
यस्ता कार्यक्रम संचालनका लागि स्थानीय तहको साथ समेत आवश्यक भएको उहाँको भनाई छ । मेलौली नगरपालिकामा वालविवाह, लौंगिक हिंसा, यौन दुव्र्यवहार, लागु पदार्थ दुव्यसनी र ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम संचालनको लागि मेलौली नगरपालिका प्रस्ताव पेस गरि नगरप्रमुख र उपप्रमुख संग मौखिक रुपमा आग्रह गरेपनि नगरपालिकाले चासो नदेखाएको चन्दको भनाई छ । उहाँले भन्नुभयो ‘हामीलाई स्थानीय सरकारको पनि साथ भए अझै थुप्रै काम गर्न सकिन्छ, तर त्यो भएको छैन् । पञ्चेश्वर गाउँपालिकाले भने गाउँपालिकाका माद्यमिक विद्यालयमा कक्षा संचालनका लागि सहयोग गरेको थियो ।’
ग्रामिण समुदायमा समेत पछिल्लो समय विभिन्न बाहानमा युवाहरु कुलततर्फ फस्ने गरेका छन् । जसको समाधानका लागि युवाहरुलाई सचेत गर्न जरुरी छ ।