लागु औषध कारोबारीको अन्तर्राष्ट्रिय जालो तोड्दै प्रहरी

बैतडी- पछिल्लो समय नेपालमा विभिन्न देशका नागरिकहरुले लागु औषध कारोबारको जालो बुनिरहेका छन् । लागु औषधको कारोबार तथा सेवन नियन्त्रणका लागि नेपाल प्रहरीले लागु औषध कारोबारीको अन्तर्राष्ट्रिय जालो भत्काउने काम गरिरहेको छ । नेपालमा भारत लगायत विभन्न देशका लागु औषध कारोबारीको संलग्नता देखिन थालेपछि प्रहरीले निगरानी बढाएको लागु औषध नियन्त्रण ब्यूरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले बताउनुभयो ।

ब्यूरोले गएको मंगलबारमात्रै काठमाण्डौँका विभिन्न ठाउँबाट तीन करोड ८५ लाख बराबरको लागुऔषध कोकिन सहित एक भारतीय र एक नाइजेरिन नागरिकलाई पक्राउ गरेको छ । साउन १ गते अर्थात मंगलबार इण्डिगो एयरलाइन्सबाट भारतको मुम्बै हुदै नेपाल आएका २३ वर्षीय भारतीय नागरिक फहिमुद्दीन नसिमुद्दीन अन्सारीलाई काठमाण्डौँ महानगरपालिका– २६ ठमेलको होटलबाट जुसका बट्टामा लुकाइराखेको ६२ वटा लागु औषध कोकिनका क्याप्सुल (एक के.जी. सय ग्राम) सहित पक्राउ गरिएको लागु औषध ब्यूरोका सह-प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रेम बहादुर शाहीले बताउनुभयो ।

भारतीय लागु औषध कारोबारी अन्सारीले दिएको सूचनाका आधारमा साउन १ गतेनै प्रहरीले काठमाण्डौँ महानगरपालिका– ९ पिङगलास्थानको एक होटलबाट नाइजेरियन लागु औषध कारोबारीलाई पक्राउ नगरिएको शाहीले बताउनुभयो । उहाँका अनुसार ४४ वर्षीय नाइजेरियन नागरिक साउन १ गते कतार यरलाइन्सबाट नेपाल आएका थिए । कारोबारीले कतारको दोहाबार उक्त लागु औषध नेपाल भित्र्याएको बुझिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्