बेरुजु फच्र्यौटमा बैतडीका आठ स्थानियतह उदासिन

बैतडी : बैतडीका स्थानियतहको बेरुजु प्रत्यक वर्ष बढदै गइरहेको छ । गत वर्ष आएको बेरुजुलाई चालु आर्थिक वर्षमा फच्र्यौट गर्नुपर्ने र बेरुजुलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । तर बेरुजु फच्र्यौटमा बैतडीका आठ स्थानियतह उदासिन देखिएका छन् ।

शिवनाथ र पञ्चेश्वर गाउँपालिका बाहेक अरु स्थानियतहले बेरुजु फच्र्यौट गरेका छैन्न । बेरुजु फच्र्यौट गर्नु त काहाँ हो काहाँ झन वेरुजु थपिरहेका छन् । आर्थिक वर्ष २०७९।०८० को महालेखापरीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनले बैतडीका शिवनाथ र पञ्चेश्वर गाउँपालिकालेमात्र आर्थिक वर्ष २०७८।०७९ मा देखिएको बेरुजुलाई फाच्र्यौट गरेको देखाएको छ ।

शिवनाथ गाउँपलिकाले आर्थिक वर्ष २०७८।०७९ मादेखिएको बेरुजु मध्ये १ करोड १ लाख ८२ हजार बेरुजु फाच्र्यौट गरेको छ भने पञ्चेश्वरले ७१ हजार बजेट फाच्र्यौट गरेको छ । अरु ४ नगरपालिका र ४ गाउँपलिकाले भने बजेट फच्र्योट नगरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष (२०७९।८०) मा सबैभन्दा बढि नगरपालिकामा पुर्चौडीको ३ करोड ९० लाख २ हजार र गाउँपालिकामा डिलासैनीको ७ करोड ८ लाख ४४ हजार बेरुजु थपिएको छ भने सबैभन्दा कम नगरपालिकामा पाटनको ५२ लाख ७९ हजार र गाउँपालिकामा दोगडाकेदारको ४० लाख ९४ हजार थपिएकोे छ ।

कुन स्थानियतहको बेरुजु कति

यस्तै अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार जम्मा बेरुजु नगरपालिकामा पुर्चौडीको १७ करोड ६२ लाख ३३ हजार, मेलौलीको २१ करोड ७४ लाख ३८ हजार, पाटनको १६ करोड २ लाख १६ हजार र दसरथचन्दको ४१ करोड ७२ लाख ४५ हजार रहेको छ ।

गाउँपलिकामा पञ्चेश्वरको २२ करोड ६६ लाख ९८ हजार, डिलासैनीको ३९ करोड १ लाख ७९ हजार, सुर्नयाको २१ करोड २९ लाख ४९ हजार र दोगडाकेदारको १८ करोड २९ लाख १० हजार, शिवनाथको १४ करोड ६१ लाख ६५ हजार, सिगासको २१ करोड ११ लाख २३ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्