बेसहाराको सहारा वन्दै वडा अध्यक्ष सार्की

बैतडी: जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं १ का वाडअध्यक्ष दिवान राम सार्की सहारा विहिनका सहारा वनेका छन् । वडामा आएको बजेटले उनी वडाका जनतालाई आत्मनिर्भर बनाउने योजना र सबैलाई फाईदा हुने दिर्घकालिन योजना निर्माण गर्ने गर्दछन् ।

वडाको सानो बजेटमा पनि उनले घर वनाउन नसक्ने एकल र विपन्नहरुलाई पक्की घर निर्माण गर्न वडाबाट बजेट सहयोग गरेका छन् । वडाको सल्ला टोलमा १५।२० वर्ष पहिले पहिरोले घर सहित अभिभावक गुमाएका नरी राम कोली र वडाकै धामकुडी टोलमा गौराघरमा (सामुदायिक भवन) बस्दै आएकी एकल महिला काली धामीलाई पक्की घर निर्माण गर्नमा वडाबाट सहयोग गरेका छन् ।

उनीहरुको आर्थिक अवस्थाले घर निर्माण गर्न नसक्ने भएकाले घर निर्माणमा वडाको बजेटबाट सहयोग गरिदिएको वडा अध्यक्ष सार्कीले बताउनु भयो । सामुदायिक भवनमा वस्दा विभिन्न समस्या आउने गरेकाले अहिले आफ्नै घरमा वस्न पाउँदा उहाँ खुसी भएको कालीका छिमेकी रमेस सिह धामीले बताउनु भयो ।

घर बनाउन नसक्ने अवस्थाकी उनलाई वडा अध्यक्षको यो आर्थिक सहयोगले ठुलै सहयोग भएको छ धामीले भन्नु भयो । गत वर्ष अध्यक्ष सार्कीले वडाका ३० जना जेष्ठ नागरिकको आखा खोलिदिएका थिए । आउनजान निशुल्क यातायात र खानाको व्यवस्था गरेर मेलौलीमा आएको आँखा शिविरमा लगेर वडाका जेष्ठ नागरिकका आँखा खोलिदिका थिए । त्यस्तै वडाका ८० जना महिलालाई सिलाईको तालिम दिइरहेका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्