बैतडी : दसरथचन्द नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । नगरपालिकाको आयोजना र ग्रीन मिडिया सेन्टर, नेपाल पत्रकार महासंघ बैतडीको सहजिकरणमा अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण, बजेट, भौतिक पूर्वाधार निर्माण, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका विविध विषयमा जनतालाई सुशासनको प्रत्याभूति दिनु र आम जनमानसमा स्थानीय सरकारलाई सफल एवं सबल संस्थाको रुपमा स्थापित गर्नका लागि सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविनचन्द्र पाण्डेले बताउनु भयो ।
सुनुई कार्यक्रममा नगर प्रमुख पुस्करराज जोशीले नगरपालिकाले वर्षभरि गरेका विकास निर्माण योजना र कार्यक्रमको आर्थिक आर्थिक भौतिक प्रगतीको बारेमा जानकारी गराएको थियो । यस्तै प्रमुख जोशीले सहभागीका जिग्यासा र प्रश्नको जवाफ पनि दिएका थिए ।
नागरिक समाजका सचिव कर्ण दयालले इक्जेट पोलमा देखिएको पार्दशिता र योजना छनौटमा ५ प्रतिशत आएको छ । यो विषयमा जनप्रतिनिधी र कर्मचारी संवेदनशिल हुनु पर्ने र अगामी दिनमा यस्मा सुधार गर्नु पर्ने सुझाव दिएका थिए ।











