वसपार्क खाली, सडक छेउछाउमा गाडी

बैतडी : बैतडी सदरमुकाम गोठलापानीमा रहेको बसपार्कमा जीपकार र वस राख्ने यातायात संचालक, वसव्यवसायी समिति, दसरथचन्द नगरपालिका र सरोकारवालाहरु विच सहमति भएको थियो ।

सहमतीलाई उल्लंघन गर्दै जीपकार चालकहरुले सवारीसाधनलाई वसपार्कमा नराखी बजारको सडकको छेउछाउमा राख्ने गरेका छन् । केहिदिन सहमतिअनुसार वसपार्कमा जीप राखेपनि त्यसको केहि दिनपछिबाट सहमति विपरित गोठलापानी बजारकोे छेउछाउमा जीपकार राख्ने गरेका छन् ।

वसचालकहरुले भने सहमती अनुसार वसपार्कमै पार्किङ गर्ने गरेका छन् । वसपार्कमा पार्किङ गर्ने भन्ने छलफल भएको तर जीपकार चालकहरुले वसपार्कमा पार्किङ नगरी सडकछेउछाउमा राख्ने गरेको महाकाली बहुउद्देशीय प्रालि बैतडीका संयोजक त्रिलोक थापाले स्वीकार गरेका छन् ।“हो सवारीसाधन सडक छेउमै राखेका मैलेपनि देखेको छु हाम्रो कम्पनीको भन्दा पनि अरु कम्पनीका सवारीसाधन चालक मनपरी गर्छन” । संयोजक थापाले भने ।

सवारीसाधन लाई अव्यवस्थीत सडक छेउछाउमा पार्किङ गर्न मिल्दैन् । नगरपालिकाले प्रत्येक आर्थिक वर्षको सुरुवातमा वसपार्कको पार्किङ शुल्कको लागि टेन्डर अह्वान गर्ने गर्दछ । तर चालु आ.व को भने टेन्डर अह्वान गरेको छैन् । जनशक्ति कम भएकाले सबैठाउँतिर जान नसकेकाले सडक छेउछाउँको पार्किङ गरेको थाहा नभएकाले यो विषयमा बुझेर पार्किङ व्यवस्थापन गरिने बैतडी ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक धिरज पाठकले बताउनु भयो ।

टेन्डरमा अह्वान गरेको भन्दा वढि पार्किङ शुल्कलिने गरेकाले वसपार्कमा पार्किङ नगरेको सवारीसाधन चालकहहरुले बताउनु भयो । बजारको चौराई पनि साघुरो र त्यसमा पनि जिपकारको भिडले बजारको सौन्दर्यता घटनुका साथै सर्वसधारणहरुलाई आवतजावतमा समस्या हुने गरेको र सडक दुर्घटना निम्तीने देखिन्छ ।

प्रतिक्रिया छाेड्नुहाेस्