धनगढी विमानस्थलमा एयर होस्टेजमाथि दुर्व्यवहार

धनगढी– धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

श्री एयरलाइन्समा मंगलबार साँझ ४ बजेको काठमाडौं–धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझालाई पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

काठमाडौंबाट उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

डानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्