पञ्चेश्वरमा कृषकहरुको निशुल्क माटो परीक्षण

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले कृषकहरुलाई आत्मनिर्भर बनाउन आधुनीक कृषि प्रविधिलाई प्रयोग गरि कृषि गर्न आग्रह गरेको छ । यस्को लागि परम्परागत तरिकाले गर्दै आएको कृषिलाई आधुनीक प्रविधिको प्रयोग संगै कुन ठाउँको माटोमा कुन खेती फस्टाउछ सोही अनुसार खेती गर्नको लागि किसानको निशुल्क माटो परिक्षण गरेका छ ।

माटो परिक्षणले कुन वडाको कुन टोलमा तरकारी, फलफुल र अन्य बाली सप्रीन्छ त्यस्को अधारमा गाउँपालिकाले त्यसैबालीको पकेट क्षेत्र बनाएर कृषिमा आत्मनिर्भर गर्न सकिने हुनाले माटो परिक्षण गरिएको पञ्चेश्वर गाउँपालिका कृषि शाखा प्रमुख बिशन चन्दले बताउनु भयो ।

माटोपरिक्षण संगै गाउँपालिकाका सबै वडाको खेती योग्यजमिनको माटोमा भएको खाद्यतत्व पत्ता लागाएको र किसानहरुलाई पनि अगामी दिनमा सोहि अनुसारको खेती गर्न र आधुनीक प्रविधिबारे जानकारी समेत गराइएको कृषि शाखाले जानकारी दिनु भएको छ

गाउँपालिकाका ६ वटै वडाका १६० जना किसानको माटोको नमुना परिक्षण गरिएको छ । परीक्षणबाट समग्रमा माटोको अवस्था मध्यमनै आएको र केही ठाउँको माटोमा कृषिचुन र नाईट्रोजना फसफोरस, पोटासको मात्रामा कमी वा बढि पाइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्