बैतडी– सुदूरपश्चिमा प्रदेश–स्तरीय महिला उद्यमी सञ्जाल गठन गरिएको छ । बिहीबार वुमन एक्ट नेपालले धनगढीमा उद्यमी महिलाहरुसंग अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सुदूरपश्चिम प्रदेश स्तरिय महिला उद्यमी सञ्जाल गठन गरेको हो ।
नेपालका सीमान्तकृत र जोखिममा परेका महिला तथा बालबालिकाहरुको आर्थिक सवलिकरण परियोजना अनतरगत महिला उद्यमीहरुको सामुदायीक अभ्यास सञ्जाल गठन गरिएको वुमन एक्ट नेपालकी कोषाध्यक्ष अन्जु केसीले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका ३ जिल्ला कैलाली, कञ्चनपुर र डडेल्धुराका ५ पालिकाका महिला उद्यमीहरुको सञ्जाल गठन गरिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकका महिला उद्यमी यस्तै डडेलधुराको अमरगढी नगरपालिका र कञचनपुरको भीमदत्त नगरपालिकाका महिला उद्यमीहरुको सञ्जाल गठन गरिएको जनाइएको छ ।
सामाजिक विकासमन्त्रि मेघराज खड्काको प्रमुख आतिथ्यता तथा वुमन एक्टका कार्यकारी अध्यक्ष सृजना अधिकारीको अध्यक्ष्यतामा सो कार्यक्रम समपन्न भएको वुमन एक्ट सुदूरपश्चिम प्रदेश संयोजक अनिता श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रमको सहजीकरण वुमन एक्ट कोषाध्यक्ष अञ्जु केसीले गर्नुभएकाे थियाे । वुमन एक्ट नेपालले उद्यमी महिलाहरुको बृद्धि विकासका लागि विभिन्न चेतनामुलक कार्यक्रम गरिहेको छ ।











