धनगढी– कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
उनी सोही स्थानस्थित खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










