बैतडीमा बालिका वेपत्ता घटना : हवल्दारलाई स्थानीयको हतकडी

बैतडी- पञ्चेश्वर गाउँपालिका- २ डिम्बरघाट प्रहरीचौकीमा कार्यरथ हवल्दार कृष्णराज जोशीले स्थानीय १६ वर्षीया बालिकालाई वेपत्ता बनाएको स्थानीयले आरोप लगाएका छन् ।
बालिका वेपत्ता बनाएको आरोप लागेका हवल्दार जोशीलाई स्थानीयले माहाकाली पारी भारतबाट नियन्त्रणमा लिई प्रहरीको जिम्मा समेत लगाएको स्थानीय निवर्तमान वडा अध्यक्ष दशरथ मंगोलाले बताउनुभयो । चौकी इन्चार्ज असई नहुदा आरोपित हवल्दारनै चौकी इन्चार्ज थिए । आरोपित जोशीलाई सोहि चौकीमा कार्यरथ सहायक हवल्दार चन्द्र धामी र प्रहरी जवान बिरेन्द्र कार्की ले सहयोग गरेको स्थानीय प्रेम मंगोलाले बताउनु भयो ।
बालिका आज बिहान ४ बजेदेखि सम्पर्क बिहीन भएको परिवारले जनाएको छ । बालिकाले लगेको पानी भर्ने गेलेन प्रहरीचौकी नजिक भेटीएको र बालिकालाई आरोपित हवल्दारले विगतदेखिनै मायाप्रेमको प्रलोभन देखाउने गरेकाले हवल्दार जोशीलेनै बालिका वेपत्ता बनाएको स्थानीयको आरोप छ ।
घटनाबारे प्रारम्भिक जानकारी आएको र घटनाको थप अनुसन्धानका लागि इन्सपेक्टरको नेतृत्वमा टोलि पठाएको जिल्ला प्रहरी कार्याल्य, बैतडीका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।
बालिका सम्पर्क बिहीन भएपछि भारत भाग्न लागेका हवल्दार समातेका स्थानीयले आक्रोसित बनेका छन् । पन्चेस्वर गाउपालिका अध्यक्ष गोरख बहादुर चन्द, उपाध्यक्ष बिना भट्ट र वडा न २ का वडा अध्यक्ष बीर बहादुर चन्द लगायत का जनप्रतिनिधि पनि घटनास्थल पुगेका छन ।

प्रतिक्रिया छाेड्नुहाेस्