बैतडीकीे सवारी चालक रविना सम्मानित

बैतडी : बैतडीकी महिला सवारी चालक रविना चन्दलाई सम्मानित गरिएको छ । महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल यातायात मजदुर संघ कञ्चनपुरले सुदूरपश्चिमकै प्रथम सार्वजनिक महिला सवारी चालक रविना चन्दलाई सम्मानित गरेको हो ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का डबल बहादुर चन्दकी १९ वर्षीय छोरी रबिनाले एक वर्ष पहिले सवारी चालक अनुमति पत्र पाएकी थिइन । घरमा गाडी भएपनी सवारी चालक नहुँदा समस्या बेहोर्नु परेपछि आफूले चालक बन्ने सोच बनाएको चालक चनदले बताइन् ।

नेपाल यातायात मजदुर संघ कञ्चनपुरका अध्यक्ष धर्मानन्द जोशीले सुदूरपश्चिममै एक मात्र सार्वजनिक सवारी चालक चन्दलाई प्रमाण पत्र सहित सम्मानित गरिएको जानकारी दिनु भयो । सुदूरपश्चिममा सार्वजनिक यातायात चालकको क्षेत्रमा एक प्रतिशत महिलाको सहभागिता रहेको जोशीले बताए । उनले यसै गरी महिला चालकको सहभागिता बढ्दै गए महिलाहरू सक्षम हुँदै जाने बताए ।

गाडी चलाउन सिकेको केही समयमै लाइसेन्स पनि निकालेकी रविना अहिले महेन्द्रनगर धनगढी(बैतडी रुटमा गाडी चलाउँदै आएकी छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्