बैतडी : कुलाउ माध्यमिक बिद्यालयको ७८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । दिवसकै अवषरमा बिद्यालय लाई बिगतकादिनमा योगदान पुर्याएका दुई जना पुर्व शिक्षकलाइ सम्मान गरेको छ ।
सम्मानित हुनेमा स्थापनाकाल देखि आफ्नो सेवानिवृती अवधी सम्म र पछि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएका राम दत्त तिवारी र ज्ञान सिह घटाल रहेका छन । यस्तै लामो समय देखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सङ्गै शिक्षणगराइ केही महिना पहिला सेवानिवृती भएका मोति सिह मङ्गोलालाइ सम्मान सहित बिदाइ गरिएको छ ।
विद्यालयको आयव्यय प्रस्तुत गर्दै विद्यालयको आर्थिक र भैतिक अवस्था ठिक रहे सङ्गै शैक्षिकगुणस्तर पनि राम्रो रहेको बिद्यालयका प्रधानाध्यापक धनबिर राम सार्की ले बताउनु भयो ।
बिशिस्ट अथिती एवम माओवादी केन्द्र जिल्ला कमिटी सचिव रमेस चन्द्ले सरकार अहिले शैक्षिक गुणस्तर सुधारको पक्षमा नलागी अन्य अनावश्यक काममा लागिरहेकाले शैक्षिक सुधारका कार्यक्रम ल्याउनु सरकार लाई शुझाव दिनु भयो । यस्तै नेकपा एमाले गाउँ कमिटी अध्यक्ष कालु जोशिले कुलाउ माबी जिल्लाकै अग्रिणि शैक्षिक सस्था रहेकोले बिद्यालय को शैक्षिकस्तर उकास्न सबैले जिम्मेवार हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमा बोल्दै बिशिस्ट अथिती एवम पन्चेस्वर गाउँपालिका उपाध्यक्ष बिना भट्ट ले विद्यालयमा पछिल्लो समय विद्यार्थीहरु अनुसासनमा नदेखिएकाले गुणस्तरीय शिक्षाको लागि अनुसासन आवस्यक रहेकाले अगामिदिनमा सबै सर मेडमहरुले विद्यार्थी मा अनुसासन कायम गर्नुपर्ने सुझाव दिनु भयो ।
यस्तै कार्यक्रमका प्रमुख अथिती एबम गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बिद्यालय हिजोको दिनमा शैक्षिक स्तरमा जिल्लाकै उत्कृष्ट रहेकोले अगामी दिनमा पनि त्यही अवस्थामा राख्न आग्रह गर्नु भयो ।










