पञ्चेश्वरमा नेकपा एमालेको वडा केन्द्रीत अभिमुखीकरण सम्पन्न

बैतडी : नेकपा एमालेको तिन महिने वडा केन्द्रीत अभियानको पञ्चेश्वर गाउँकमिटीको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा केन्द्रित अभियानले जनता संग प्रतक्ष भेटघाट गरी जनाताका समस्या बुझी सम्बन्धित तहमा पहल गर्ने, पार्टी सुदिढीकरण, सदस्यता नविकरण तथा विस्तार, स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने, घर फर्क र पार्टी प्रवेस गराउने जस्ता कार्य गर्ने नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य निर्मल पाण्डेले बताउनु भयो ।

पार्टी केन्द्रिय कमिटी सदस्य एंवम जिल्ला इन्चार्ज लिलाधर भट्टको प्रमुख आथित्य र पञ्चेश्वर गाउँकमिटी अध्यक्ष कालु् जोशीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी, सचिव हजारी साउद, पञ्चेश्वर गाउँपालिका गोरख वहादुर चन्द र उपाध्यक्ष बिना भट्टको विशिष्ट आथित्यमा सम्पन्न भएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्