बैतडी : शिवनाथ गाउँपालिका वडा नं. ३ मा विद्यालयस्तर प्रथम रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रथम रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्नलागेको वडा अध्यक्ष केशव दत्त कलौनीले बताउनु भयो ।
राजपुर अधारभुत विद्यालयको प्रांगणमा यही फगुन २ गते रनिङ शिल्ड हुने छ । रनिङ शिल्डमा वडाका विद्यालयहरुका विद्यार्थीलाइ विभिन्न विधाका खेल खेलाइने छ ।
रनिङ शिल्ड प्रतियोगितामा लंगजम्प, चम्चा गुच्छा, सय र दुईसय मिटरको दौड प्रतियोगिता गराईने वडाले जनाएको छ ।













