बैतडी : जिल्लाको सदरमुकाम गढीको टुडीखेलमा नेपाली सेनाको श्री श्रीवक्स गुल्मले ७५औं प्रजातन्त्र दिवसको अवसरमा सुख्खायाममा हुने आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।

प्रजातन्त्र दिवसको अवषर पारेर सुख्खायाममा आगलागीको जोखिम बढ्ने भएकाले पूर्वतयारीका रूपमा आगलागी नियन्त्रण सम्बन्धीको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनु भयो ।

उनले भने ‘यस वर्ष बैतडीमा प्रजातन्त्र दिवस भिन्न शैलीमा मनाएका छौँ । यसमा शैन्य अभ्यास तथा विपद् व्यवस्थापन रणनीति तयार पार्दै आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेका छौ’ ।

प्रजातन्त्र दिवसको अवसरमा गरिएको आगलागी नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास विपद् न्यूनीकरणको दिशामा सकारात्मक कदम भएको सरोकारवालहरुले बताए ।











