नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको अध्यक्षमा भट्ट

बैतडी-नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको अधिवेशन बाट अध्यक्षमा प्रमानन्द भट्ट चयन भएका छ्न । अध्यक्ष भट्ट कुलाउ माबिका शिक्षक हुन ।

यस्तै कमिटिको उपाध्यक्षमा प्रकाश राम लुहार, महिला उपाध्यक्षमा हिरा भट्ट, सचिवमा वीर बहादुर चन्द,कोषाध्यक्षमा पदम सिंह धानुक, रेखा कुँवर, सहसचिवमा ममता विष्ट, लगायत अन्य सदस्यहरु गरि २५ सदस्यीय नयाँ जिल्ला कमिटि चयन भएको अध्यक्ष प्रमानन्द भट्टले बताउनुभयो   ।

अधिवेशन सर्वसम्मत रुपमा नेतृत्व चयन भएको उनले बताउनुभयो । शिक्षकहरुको हकहितका लागि सबै सङ्ग हातेमालो गरेर कामगर्ने अध्यक्ष भट्टले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्