बैतडी- मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बैतडीको सुर्नया गाउँपालिका– १ का माया चन्दलाई सदस्य विमा वाफतको रकम हस्तान्त्रण गरेको छ । माया चन्दका श्रीमान कर्णबहादुर चन्दको मृत्युपछि सदस्य विमा वाफतको २१ हजार रकम काजकिरियाका लागि हस्तान्त्रण गरिएको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था बैतडीका शाखा प्रमुख मोहनदेब जोशीले बताउनुभयो ।
सुर्नया गाउँपालिका- १ का वार्ड सचीव कर्ण देब भट्ट मार्फत सो रकम हस्तान्तरण गरिएको जोशीले बताउनुभयो । १ सय ४९ शाखा रहेकाे मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ६४ जिल्लामा बचत ,कर्जा, बिमा कारोबार लगायत अन्य समाजिक उतर दायित्वकाे काम गर्दै आइरहेको संस्थाका कर्मचारी दामोदर जोशीले बताउनुभयाे ।