बझाङमा घांस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

बझाङ– बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

केदारस्यु गाउँपालिका–५ बहोराडी बस्ने ५९ की कमला बोहराको भिरबाट लडेर मुत्यु भएको हो ।

बोहरा घर नजिकै रहेको जंगलमा घास काट्ने क्रममा भिरबाट १०० मिटर तल खसेर घाइते भएकी थिइन् ।

घाईते बोहरालाई उपचारको लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्