बँदेलबाट जोगिन भागेकी बैतडीकी एक युवतीको भीरले लियो ज्यान

बैतडी– बैतडीमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

पुर्चौंडी नगरपालिका–२ बन्तोलीकी २७ वर्षीया मञ्जु कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खर ल्याउन वनतर्फ गएकी कामीले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खस्दा उनको ज्यान गएको बताइएको छ ।

उनीसँग खरघाँस लिन गएका उनका छोराको अवस्था भने सुरक्षित रहेको बताइएको छ ।

मञ्जुका तीन छोरी र एक छोरा छन् । उनका श्रीमान रोजगारीका लागि भारतको बेङ्गलोरमा बस्दै आएका छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्