१३ माघ, बैतडी- रास्वपाका वरिष्ठ नेता बालेन शाह भोलि अर्थात बुधबार बैतडीको पाटन आउने भएका छन् ।
चुनावी अभियानका क्रममा सुदूरपश्चिममा रहेका बालेनले बैतडीको पाटनसहितका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा बैतडीले जनाएको छ । बालेन बिषेसगरी पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरूसँग भेटघाट गर्नेछन् ।
९:३० बजे पार्टी जिल्ला कार्यालय, तुफानडाँडा, डडेलधुरा पुग्ने बालेन १२ बजे राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क कार्यालय पाटन पुग्ने कार्यक्रम छ । बुधबार ४ बजे पार्टी सम्पर्क कार्यालय, गोकुलेश्वर, दार्चुला हुने उनले ८ बजे राती बुङ्गल, बझाङ सम्मकाे यात्रा गर्ने कार्यक्रम रहेकाे रास्वपा बैतडीका सिचव हरिस जाेशिले बताउनुभयाे ।
कैलालीबाट डोटी, डडेल्धुरा, बैतडी हुँदै बालेन दार्चुला पुग्ने तालिका रहेको छ ।









