गगन थापा भन्छन्– कांग्रेसले अब कतै पनि दलीय भाग लिँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा भाग नलिने प्रतिज्ञा गरेका छन् ।

चुनावी प्रतिज्ञा पत्र सार्वजनिक र त्यसबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कुनै पनि नियुक्तिमा दल होइन, अब्बल भन्ने नारा आत्मसाथ गर्ने बताएका हुन् ।

‘कुनै पनि नियुक्तिमा दल होइन अब्बल । कांग्रेस संवैधानिक आयोगमा, विश्व विद्यालयमा भाग लिन गयो भन्ने कुरा सुन्नुपर्ने छैन,’ उनले भने, ‘संस्थागत सुधार नगरी केही कुरा सम्भव छैन ।’

उनले विगत लामो समयदेखि सरकारमा रहेकाहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्ने योजना रहेको पनि सुनाए ।

प्रतिक्रिया छाेड्नुहाेस्