पुर्चाैँडी बस दुर्घटना अपडेट: ८ जनाकाे मृत्यु, संख्या अझै बढ्नसक्ने (मृतककाे नामावली..)

२२ माघ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका– ७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार राती ९:१० बजेको समयमा १८ जना महिला र २७ जना पुरुष गरि जम्मा ४५ सवार बस दर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी दिपक कुमार रायले बताउनुभयाे ।
मृतकहरुको नामावली:
बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४० को केशब राज जोशी
बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष १३ को अशोक राज जोशी
बझाङ बित्थडचिरगाउँपालिका- ७ बस्ने वर्ष ३५ को बसन्त जोशी
बझाङ बित्थडचिर गाउँपालिका- ७ बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी (उपचारको क्रममा)
बझाङ बित्थडचिर-७ बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको क्रममा)
बझाङ केदारस्यु गाउँपालिका बस्ने वर्ष ६० को मोहन देव भट्ट
बझाङ जयपृथ्बी नगरपालिका- ७ बस्ने वर्ष ४० को बसन्त राज रतला
बैतडी पुर्चौडी नगरपालिका- ७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी

घाइतेहरूलाइ डिलेश्वरी माविकाे बसबाट डडेल्धुरा अस्पताल लगिएकाे सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले बताउनुभयाे । डिलेश्वरी मा.विकाे स्कुल बसबाट २५ जना, जीप मार्फत १२ र एम्बुलेन्सबाट गम्भीर घाइते ३ जना गरी ४० जना घाइतेलाइ डडेल्धुरा अस्पताल लगिएकाे हाे । एक जना बालक हराइरहेकाे र उनकाे खाेजिकार्य भइरहेकाे छ ।

पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको थियाे । नेपाली सेनाकाे टाेलि समेत घटनास्थलतर्फ गएकाे छ । स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।

बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेकाले मृतककाे संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ ।

Update ….

प्रतिक्रिया छाेड्नुहाेस्