२३ माघ, बैतडी- दुलही लिएर घर फर्किरहेका जन्तीमा उत्साह थियो । दुलहीको घरबाट जन्ती हिडेको पनि धेरै समय भएको थिएन् । आपसमा गफ र रमाइलो गदै जन्ती सवार बसका पांङ्ग्राले बैतडीको पुचौँडीबाट बझाङको सुनकुडा स्थित नाैणासा गाउँका लागि फन्को मारे । सब ठिकठाकनै थियो । जब बस पुचौँडी नगरपालिका–७ बडगाउँको साँघुरो घुम्तीमा पुग्यो, टर्निङ पुगेन चालकले ब्याक गियर हाले, बसले पिकप लिएन बसमा सवार अमरराज जोशीले चिच्याउदै बसको ढोकाबाट हाम फाले, बस भने सदाका लागि ब्याक भयो ।
हरेक सेकेण्ड अमरका आँकामा त्यहि दृष्य घुमिरहेको छ । बस निकै टाढा खस्या, उनले स्थानीय र प्रहरीलाई खबर गरे । एकएक कोलाहल मच्चियो । उद्धारका लागि खबर गरेका अमरराज पनि त्यो दर्दनाक दृष्यले अचेत भए । २–३ घण्टापछि मात्रै उनि हाेसमा आए ।
उकालोमा बसले मोड्न नसकेपछि ब्याक गर्दा ब्रेक नै नलागेर बस भिरमा खसेको जोशीले बताएका छन् । “उकालोमा मोड थियो, चालकले मोड्न सकेनन्, बस ब्याक गइरहेको अवस्थामा भिरतर्फ लागेपछि हाम फाले, उतिसको रुखमा अटिकएछु, त्यस्तो केही चोट लागेन,” जोशीले भने ।
बस भिरमा खसेपछि नजिकैका स्थानीय र प्रहरीलाई जानकारी गराएको जोशीले बताएका छन् ।
जन्तीमा सहभागी बेहुली पट्टीका पनि नजिकैको घरमा जानको लागि बसमा बसेकाले यात्रुको संख्या बढेको जोशीको भनाइ छ । “बेहुलीको घरमा गएका जन्तीहरु घर फर्किन सोही बसमा बसेका हुन्,” जोशीले भने । जोशीले आफू सधैं देउदेवता प्रति विश्वास गर्ने व्यक्ति भएको र उक्त विश्वासले नै फेरि एकचोटि जीवन दिएको अनुभूति भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
“हिजो पुर्चौडी नगरपालिका–७ बडगाउँमा भएको बस दुर्घटनामा म ढोकाबाट हाम फालेर उतीसको रुखमा अड्किएँ र ज्यान बचाउन सफल भएँ । म सधैं देउदेवता प्रति विश्वास गर्ने मान्छे हुँ– आज त्यो विश्वासलेनै मलाई फेरि एकचोटि जीवन दिएको महसुस भयो ।”
पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । सो दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।









