यस्ताे छ नेकपा उम्मेदवार भट्टकाे प्रतिवद्धता पत्र : जेन-जीका माग सम्बोधन देखि जनजीविका कुरा सम्म

प्रतिवद्धता पत्रको साराशं सुन्नुहोस !

४ माघ, बैतडी- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार परमानन्द भट्टले सोमबार प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । जिल्ला सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलन गर्दै भट्टले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

पतिवद्धता पत्रमा उनले नयाँ पुस्ता जेन-जीले पुस्ताले उठाएका सुशासन, पारदर्शिता र निर्वाचन प्रणाली लगायतका विषयमा आफु केन्द्रित रहने बताएका छन् । एउटा सांसदको काम कानून नीति निर्माणनै प्राथमिकताको विषय भएकाले यसमा आफु जिम्मेवार हुने बताएका हुन् ।

उनको प्रतिवद्धता पत्रमा देशको अनावस्यक सासकिय स्वरुप परिमार्जन देखि खारेज सम्मको विषय समावेश छ । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘देशले विना काम भार खेपिरहेका जिल्ला समुन्वय समिति लगायतका संरचनाहरु परिमार्जन तथा खारेज गर्नुपर्छ । अन्य शासकीय स्वरुपलाई समेत सिस्टमेटिक बनाउनुपर्छ ।’

निर्वाचन हुँदैमा र निर्वाचित हुँदैमा पूर्ण रोजगार सृजना नहुने र त्यसका लागि वितृत योजना बनाई काम गर्नुपर्ने बताउनुभयो, उहाँले भन्नुभयो, ‘देशको वर्तमान आर्थिक अवस्था अनुसार तत्काल सबैलाई रोजगारी दिनु भन्दा पनि रोजगारीका लागि आधार तयार गर्न सकिन्छ । यहाँका ठुला परियोजना पश्चिम सेती, जुलाघाट मोटरेवल पुल, माहाकाली करिडोर, ग्रामिण सडक कालोपत्र, आधुनिक कृषीमा आधारित उत्पादन र वनपैदावार लगायतका कामले रोजगारीको आधार तयार गर्न सक्छ ।’ जिल्ला रहेका विभिन्न खनिजका खानीको उत्खनन् तथा प्रसोधनले पनि यहाँको रोजगारीको आधार तयार हुने उहाँको भनाई थियो ।

प्रतिवद्धता पत्रमा उनले जिल्लाका मुख्य सडक संजाललाई स्थानीयतहका केन्द्र सम्म कालोपत्र गर्ने, बढ्दो बसाईसराईलाई रोक्न ग्रामिण क्षेत्रमा गुणस्तरिय शिक्षा र स्वास्थ्यको व्यवस्था मिताउने उल्लेख छ ।

प्रतिक्रिया छाेड्नुहाेस्