बैतडीको पुर्चाैँडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

२२ माघ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस पुचौँडी नगरपालिका– ७ बढ्गाउँ मोडमा दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३२ जना अहिले काेटीला स्वास्थ्यचाैकीमा रहेकाे र तिनिहरूमध्ये ३ जनाकाे अवस्था चिन्ताजनक गरहेकाे बुझिएको छ ।

पवनदुत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

‘दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ भने पाटनबाट सशस्त्र प्रहरीका डिएसपी शंकर धामी नेतृत्वको टोली समेत घटनास्थलमा खटिएको छ । स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।

बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेकाले मृतककाे संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । घाइतेहरूलाइ स्कुल बस मार्फत छिटाे डडेल्धुरा अस्पताल लग्ने तयारी भइरहेकाे सशस्त्र प्रहरीबल ५१ नम्बर गुल्मका गुल्मपती डिएसपी जंगबहादुर कुँवरले बताउनुभयाे ।

दुर्घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ ….

प्रतिक्रिया छाेड्नुहाेस्