पञ्चेश्वरमा धुरा जात्रा भोलि र पर्सि

प्रोफाइल फोटो

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका –४ धरामा रहेको प्रसिद्ध शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने धुरा जाँत (जात्रा) भोली र पर्सी (मंसिर १३ र १४ गते) लाग्ने भएको छ । यो जात्रालाई स्थानीयले धुराईँ जाँत भन्ने गर्दछन् ।

भोली १३ गते रतेडी (राती) र पर्सी १४ गते दिसेडी (दिउसो) मेला लाग्ने गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष जनक बहादुर चन्दले बताउनु भयो ।

कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको पञ्चमी र षष्ठी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।

कैलपाल धुरा मन्दिरमा बर्षमा चार पटक पुजापाठ हुने र यो पुजामा जात्रा (मेला) लाग्ने गरेको अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्