बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका –४ धुरामा रहेको प्रसिद्ध शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने धुरा जाँत (जात्रा) आज र भोलि (मंसिर १३ र १४ गते) लाग्ने भएको छ । यो जात्रालाई स्थानीयले धुराईँ जाँत भन्ने गर्दछन् ।
आज १३ गते रतेडी (राती) र भोलि १४ गते दिसेडी (दिउसो) मेला लाग्ने गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष जनक बहादुर चन्दले बताउनु भयो ।
कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको पञ्चमी र षष्ठी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।
कैलपाल धुरा मन्दिरमा बर्षमा चार पटक पुजापाठ हुने र यो पुजामा जात्रा (मेला) लाग्ने गरेको अध्यक्ष चन्दले बताए । आज आइतबार बार सार्वजनिक बिदा हो ।
तर गाउँपालिकाले भने समाचार तयार पारुनजेल सम्म जात्राको लागि बिदा दिने निर्णय नगरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो ।














